Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ईश्वर पोखरेललाई झड्का, सीसीएमसी खारेज, ओलीकै नेतृत्वमा निर्देशक समिती बन्यो

ईश्वर पोखरेललाई झड्का, सीसीएमसी खारेज, ओलीकै नेतृत्वमा निर्देशक समिती बन्यो

दैनिकी न्यूज

७, जेठ २०७८
ईश्वर पोखरेललाई झड्का, सीसीएमसी खारेज, ओलीकै नेतृत्वमा निर्देशक समिती बन्यो
images

काठमाडौं । सरकारले कोरोना संक्रमणको रोकथाम र नियन्णत्र गर्न गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई खारेज गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैंककले उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वमा रहेको सीसीएमसी खारेज  गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा कोभिड–१९ निर्देशक समिति गठन गरेको हो ।

सरकारले बिहीबार जारी गरेको र शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरेपछि लागु भएको ‘कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ अनुसार अब २०७७ साल वैशाख १६ गते मन्त्रिपरिषद्ले गठन गरेको सीसीएमसी र सीसीएमसी निर्देशक समिति कोरोनाको रोकथाम र नियन्त्रण गर्न नयाँ कानुन आएसँगै निष्क्रिय भएको छ । कानुन मन्त्री लिलानाथ श्रेष्ठका अनुसार अब कोरोना रोकथाम र नियन्त्रणको लागि सम्पूर्ण काम अध्यादेशअनुसार प्रधानमन्त्रीको नेतृत्वमा रहेको कोभिड–१९ निर्देशक समितिले गर्नेछ । सरकारले कोभिड–१९ लाई नियन्त्रण गर्न सबैभन्दा पहिले २०७६ सालको अन्त्यमा उपप्रधानमन्त्री पोखरेलकै नेतृत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो ।

उक्त समितिको गतिविधि स्वास्थ्य सामग्री खरिदलगायत विवादमा आएपछि पोखरेलकै नेतृत्वमा अन्य नौ मन्त्रीहरु सहितको सीसीएमसी निर्देशक समिति गठन गरिएको थियो । उक्त निर्देशक समितिले पनि काम गर्न नसकेको भन्दै लगातार आलोचना भएपछि सरकारले प्रधानमन्त्रीकै नेतृत्वमा कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि नयाँ संयन्त्रण गठन गरेको हो ।

images
प्रकाशित मिति :जेठ ७, २०७८ शुक्रवार - २१:३९:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology