काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार सरकार गठनका लागि दिएको समयसिमा भित्रै एमाले संसदीय दलका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दावी प्रस्तुत गरेका छन्।
कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जनता समाजवादी पार्टीका १२, एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहका २६ र राष्ट्रिय जनमोर्चा १ गरी १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा देउवाले दावी पेश गरेका हुन् ।
ओलीले भने एमालेका १२१ र ३२ सांसद रहेको जसपाको समर्थन रहेको पत्रसहित प्रधानमन्त्रीका लागि दावी पेश गरेका छन् । नेपाल पक्षका २६ सांसदले देउवाको पक्षमा हस्ताक्षर गरेपछि ओलीसँग १५३ सांसद रहेको दावी झुटो भएको नेताहरुले बताएका छन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिएका राजबहादुर बुढाले भने देउवाको पक्षमा हस्ताक्षर गरेका छन् ।
१. झलनाथ खनाल २. पवित्रा निरौला खरेल ३. भवानी खापुङ ४. राजबहादुर बुढा ५. यज्ञराज सुनुवार ६. गणेश पहाडी ७. विरोध खतिवडा ८. कृष्णलाल महर्जन ९. माधवकुमार नेपाल १०. जीवनराम श्रेष्ठ ११. नारायण खतिवडा १२. घनश्याम भुसाल १३. गोकर्ण विष्ट १४. सोमप्रसाद पाण्डे १५. मेटमणी चौधरी १६. झपट रावल १७. भीमबहादुर रावल १८. दिपकप्रकाश भट्ट १९. सुरेन्द्र पाण्डे २०. रामकुमारी झाँक्री २१. सरला यादव २२. पुष्पाकुमारी कर्ण २३. कल्याणी खड्का २४. निरादेवी जैरु २५. लक्ष्मीकुमारी चौधरी २६. मुकुन्द न्यौपाने