Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

ओलीले बोलाए आकस्मिक स्थायी कमिटी बैठक

ओलीले बोलाए आकस्मिक स्थायी कमिटी बैठक

दैनिकी न्यूज

८, जेठ २०७८
ओलीले बोलाए आकस्मिक स्थायी कमिटी बैठक
images

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आकस्मिक स्थायी कमिटी बैठक बोलाएका छन् । दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा उनले आकस्मिक बैठक बोलाएका हुन् ।

बैठकमा माधकुमार नेपाल समूहका नेता/कार्यकर्तामाथि ओलीले कारबाही गर्नसक्ने आशंका गरिएको छ।

एमालेका पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले भने बैठकमा मध्यावधि निर्वाचन, विकसित राजनीतिक परिस्थिति र दलको आन्तरिक जीवन विषयमा छलफल हुने बताएका छन्‌।

मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर कात्तिक २६ गते र मंसिर ३ गते मध्यावधि निर्वाचनको घोषणा गरेका थिइन ।

images
प्रकाशित मिति :जेठ ८, २०७८ शनिवार - ११:५८:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology