Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेपालसहित ११ नेता एमालेबाट साधारण सदस्यसमेत नरहने गरी निष्काशित

नेपालसहित ११ नेता एमालेबाट साधारण सदस्यसमेत नरहने गरी निष्काशित

दैनिकी न्यूज

१०, जेठ २०७८
नेपालसहित ११ नेता एमालेबाट साधारण सदस्यसमेत नरहने गरी निष्काशित
images

काठमाडौँ। सत्तारुढ नेकपा (एमाले) ले पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ सांसदलाई पार्टीको साधरण सदस्यसमेत नरहनेगरी निष्कासन गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाल र खनालसहित विघटित प्रतिनिधि सभाका ११ सांसदलाई साधरण सदस्यसमेत नरहनेगरी निष्कासनको कारबाही गरेको हो ।

पार्टीबाट निष्कासित हुनेमा खनाल र नेपालसहित भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खातुन, लक्ष्मी कुमारी चौधरी, निरादेवी जैरु रहेका छन् ।

यस्तै, बैठकले अरू १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने समेत निर्णय गरेको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र(बाबुराम समूह), राष्ट्रिय जनमोर्चाका सांसदले हस्ताक्षरसहित आफैं उपस्थित भएर अदालतमा रिट हालेका हुन्। रिटमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, एमालेका २३, जसपाका १२ र जनमोर्चाका १ सांसदले हस्ताक्षर गरेका थिए।

images
प्रकाशित मिति :जेठ १०, २०७८ सोमवार - १९:३३:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology