काठमाडौं । आजदेखि प्रतिनिधिसभा विघटनसम्बन्धीका रिटहरूको सुनुवाइ हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पुनर्गठन गरेको संवैधानिक इजलासमा रिटहरूको सुनुवाइ हुने भएको हो।
जबरा नेतृत्वको पुनर्गठित इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन्।
जबराले शुक्रबार इजलास पुनर्गठन गरेका हुन्। गत मंगलबार उनले इजलासलाई वरिष्ठताका आधारमा पुनर्गठन गर्ने बताएका थिए।
प्रधानमन्त्री ओलीले यही जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गराएका थिए। त्यसविरुद्ध १४६ जना सांसद लिएर विपक्षी गठबन्धनका दलहरू जेठ १० गते सर्वोच्चमा पुग्यो र रिट दर्ता गरायो।
अन्य २५ वटा रिट भने कानून व्यवसायीहरूले दर्ता गराएका हुन्।