दाङ । घोराही उपमहानगरपालिका–१५ दिपशिखा रोडस्थित गौरीदिप होटल एण्ड रेष्टुरेन्टमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय सुधिर न्यौपाने लगायत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त रेष्टुरेन्टमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३९ हजार ७ सय रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।