Logo

आइतवार, श्रावण २४ गते २०८३

images

किन डाके सभामुख सापकोटाले सर्वदलीय बैठक ?

किन डाके सभामुख सापकोटाले सर्वदलीय बैठक ?

दैनिकी न्यूज

२६, जेठ २०७८
किन डाके सभामुख सापकोटाले सर्वदलीय बैठक ?
images

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सभामुख सापकोटाले लिखित निमन्त्रणा पठाएका छन् । सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू, संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई बैठकमा बोलाइएको छ । समसामयिक विषयमा छलफल गर्नका लागि बैठकको आयोजन गरिएको बताइएको छ । बैठक शुक्रबार दिउँसो २ बजेका लागि तय गरिएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक आयोजन गरिएको हो । प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुखले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् । यसअघि उनले पूर्वसभामुख, कानुन व्यवसायी, राजनीतिक दलका नेतालगायतसँग परामर्श गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

images
प्रकाशित मिति :जेठ २६, २०७८ बुधवार - २२:५२:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology