Logo

आइतवार, श्रावण २४ गते २०८३

images

अनलाइनबाटै स्नातकोत्तरमा भर्ना, स्नातक तहको परीक्षाफल जेठभित्र

अनलाइनबाटै स्नातकोत्तरमा भर्ना, स्नातक तहको परीक्षाफल जेठभित्र

दैनिकी न्यूज

२९, जेठ २०७८
अनलाइनबाटै स्नातकोत्तरमा भर्ना, स्नातक तहको परीक्षाफल जेठभित्र
images

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहका विद्यार्थीको नयाँ भर्ना अनलाइन माध्यमबाट खोल्ने भएको छ । भौतिक उपस्थितिमा मात्रै भर्ना प्रक्रिया कुर्दा धेरै समय पर्खनुपर्ने भएकाले अनलाइन माध्यमबाट भर्ना अगाडि बढाउन लागिएको जानकारी विश्वविद्यालयले दिएको छ ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा। शिवलाल भुसालले यसै साता स्नातकोत्तर तहमा नयाँ भर्ना सुरु गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । यसअघि स्नातकोत्तर तहको पठनपाठन वैशाखबाटै गर्ने कार्यतालिका रहे पनि कोरोना ९कोभिड–१९० प्रभावका कारण त्यो प्रभावित भएको थियो । यसका साथै स्नातक तहको कतिपय परीक्षाफल अझै प्रकाशित हुन बाँकी रहेका कारण पनि भर्ना प्रक्रिया अगाडि बढ्न नसकेको हो ।

विश्वविद्यालयमा यो भर्ना खुलेपछि विद्यार्थीले व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र, विज्ञान विषयमा स्नातकोत्तर तहमा भर्ना हुन पाउनेछन् । अनलाइनबाट भर्ना प्रक्रिया खुला गरिए पनि जनजीवन सामान्य भएको अवस्थामा थोरै विद्यार्थी भएका विषयमा भौतिक उपस्थितिमै पनि आवेदन दिन सकिने व्यवस्था मिलाइने जानकारी उहाँले दिनुभयो ।

स्नातक तहको परीक्षाफल जेठभित्र
विश्वविद्यालयले स्नातक तह परीक्षाको बाँकी नतिजा पनि यसै साताभित्र प्रकाशन गर्ने जनाएको छ । स्नातक तहमा मानविकी सङ्कायतर्फ तेस्रो वर्षको नियमिततर्फका विद्यार्थीको नतिजा प्रकाशित हुन बाँकी छ । अन्य सङ्काय तथा अध्ययन संस्थानका चौथो वर्षका विद्यार्थीको परीक्षाफल प्रकाशित हुन सकेको छैन । त्रिविमा हाल स्नातक तहमा तीनवर्षे र चारवर्षे कार्यक्रम सञ्चालनमा छन् ।

शिक्षाध्यक्ष भुसालले नतिजा प्रकाशनका लागि काम भइरहेको जानकारी दिनुभयो । उत्तरपुस्तिका परीक्षण सकिएको र उपत्यका बाहिरबाट उत्तरपुस्तिका आउने क्रममा रहेको उहाँले जानकारी दिनुभयो । उत्तरपुस्तिका परीक्षणको काम सकिएकाले अब केही दिनमा नतिजा प्रकाशन गरिने उहाँको भनाइ छ ।

बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय परिसरमा पाल टाँगेर भए पनि प्राध्यापकलाई काम पूरा गरिदिन आग्रह गरिएको छ । कोरोना भाइरस महामारीका कारण विश्वविद्यालयका प्राध्यापकहरू डराएकाले परीक्षण कार्य केही दिन बिलम्ब भएको उहाँले बताउनुभयो ।

यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

images
प्रकाशित मिति :जेठ २९, २०७८ शनिवार - ०७:३९:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology