Logo

सोमवार, श्रावण २५ गते २०८३

images

उपेन्द्र-बाबुरामले यसरी गर्दैछन् जसपाको आधिकारिकता दाबी

उपेन्द्र-बाबुरामले यसरी गर्दैछन् जसपाको आधिकारिकता दाबी

दैनिकी न्यूज

३, आषाढ २०७८
उपेन्द्र-बाबुरामले यसरी गर्दैछन् जसपाको आधिकारिकता दाबी
images

ललितपुर । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले  निर्वाचन आयोगमा बहुमत कार्यकारिणी समिति उपस्थित हुने भएका छन् । अर्का अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई कारवाही गरेपछि आधिकारिकता विवादमा परेको उपेन्द्र-बाबुराम पक्ष सशरीर निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको हो । ५१ सदस्सीय कार्यकारिणी समितिका ३० सदस्य सो समुहमा रहेका छन् । बिहीबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी सनितिको बैठकले आधिकारिकता दावी गर्न आयोगमा उपस्थित हुने निर्णय गरेको हो । 

बैठकले आधिकारिकता दावी गर्न नागरिकतासहित बहुमत सदस्यहरु निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको छ,' पार्टीका नेता डम्बर खतिवडाले कान्तिपुरलाई भने । अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि आधिकारिकता दावी गरेको छ । दुवै अध्यक्षले एक अर्कालाई कारबाही गरेका छन् । दुवैले कारबाही गरेको सूचना अद्यावधिक गर्न निवार्चन आयोगले अस्वीकार गरिसकेको छ । 

images
प्रकाशित मिति :आषाढ ३, २०७८ बिहिवार - २२:५९:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology