Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज ललितपुर महानगरले २२ सय जेष्ठ नागरिकलाई कोभिशिल्ड खोपको दोस्रो मात्रा दिने

आज ललितपुर महानगरले २२ सय जेष्ठ नागरिकलाई कोभिशिल्ड खोपको दोस्रो मात्रा दिने

दैनिकी न्यूज

९, आषाढ २०७८
आज ललितपुर महानगरले २२ सय जेष्ठ नागरिकलाई कोभिशिल्ड खोपको दोस्रो मात्रा दिने
images

काठमाडौं । ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका जेष्ठ नागरिकलाई आज कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिँदै छ। महानगर क्षेत्रका ७७ वर्ष माथिका २ हजार २ सय नागरिकलाई कोभिशिल्डको दोस्रो मात्रा खोप दिन लागिएको महानगरपालिकाले जनाएको छ।

त्यसका लागि नगर क्षेत्रमा ८ वटा केन्द्र निर्धारण गरिएको छ। बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन सकिने महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले सूचना निकालेर आफ्ना २२ सय जेष्ठ नागरिकलाई खोपको दोस्रो मात्रा दिन लागिएको जानकारी गराएको हो।

खोप लगाउनेले सम्बन्धित वडा कार्यालयको सिफारिस, पहिलो डोज खोप लगाएको कार्ड र उमेर खुल्ने प्रमाणपत्रसमेत लिएर उपस्थित हुनु पर्ने महानगरले जनाएको छ ।

खोप लगाउनका लागि लगनखेलको पशु सेवा केन्द्र, पाटन हाइस्कुल, महानगरपालिकाको प्राङ्गण, धापाखेल स्वास्थ्यचौकी, बालकुमारी स्कुल, कार्यविनायक स्कुल, हरिसिद्धि स्वास्थ्य चौकी र सैबु स्वास्थ्य चौकीमा केन्द्र तोकिएको छ ।

images
प्रकाशित मिति :आषाढ ९, २०७८ बुधवार - १०:५२:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology