Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

दैनिकी न्यूज

११, आषाढ २०७८
सवारी दुर्घटनामा ३ जनाको मृत्यु
images

काठमाडौं । पाल्पा, पर्सा र डोल्पामा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यू भएको छ ।

पाल्पा, तिनाउ गाउँपालिका-३ झुम्सास्थित सडकमा लु.६७ प ५९११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएर बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक बर्दिया घर भएका ३५ वर्षीय जग्गु डागीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार ३० वर्षीय दिपेन्द्र चौधरी सामान्य उपचार पश्चात डिश्चार्च भएका छन् ।

पर्सा, बहुदरमाई नगरपालिका-१ विश्रामपुर जाने बाटोमा बीआर ०५ आई २४१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा हाल नाम, थर, वतन नखुलेका करिब २० वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि नारायणी अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

डोल्पा, जगदुल्ला गाउँपालिका-१ हुरीकोटस्थित सडकमा लु.४ त ३२२८ नम्बरको ट्याक्टर पुल तर्ने क्रममा पल्टिएर बिहीबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-५ बस्ने ३५ वर्षीया सेतु बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको स्वास्थ्य चौकी काईगाँउमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टरमा सवार घाइते भएका २ जनाको सोही स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । साथै सेतुको २ वर्षीय छोरा किरण बिकलाई खोलाले बगाएको जानकारी प्राप्त भएकोले खोजी भइरहेको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :आषाढ ११, २०७८ शुक्रवार - १२:२२:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology