Logo

आइतवार, श्रावण २४ गते २०८३

images

काङ्ग्रेससहितको ५ दलले गरे यस्तो सहमति

काङ्ग्रेससहितको ५ दलले गरे यस्तो सहमति

दैनिकी न्यूज

१२, आषाढ २०७८
काङ्ग्रेससहितको ५ दलले गरे यस्तो सहमति
images

काठमाडौं । काङ्ग्रेस सहितको विपक्षी गठबन्धनका नेताहरुले एकअर्कालाई धोका नदिने प्रतिबद्धता जनाएका छन् । शनिबार दिउँसो संघीय संसद भवनको ल्होत्से हलमा पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा एक शीर्ष नेताहरुले गठबन्धनमा कसैलाई धोका नदिने सहमति गरेका छन् ।  

जनमोर्चाका महासचिव मनोज भट्टदेखि काँग्रेस सभापति शेरबहादुर देउवासम्मले कुनै मूल्यमा एकअर्कालाई धोका नहुने बताए । भट्टले गठबन्धनसँगको सहकार्यमा आफ्नो हैसियत अनुसारको साथ सहयोग रहने बताए । यस्तै जसपाका नेता राजेन्द्र श्रेष्ठले पनि गठबन्धनबाट दायाँ बायाँ हुने सोचमा जसपा (उपेन्द्र यादव पक्ष) नरहेको बताए । त्यसपछि पत्रकारको प्रश्नको जवाफ दिने क्रममा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले काँग्रेस सभापति देउवाको साटो आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आए पनि आफूले स्वीकार नगर्ने बताए । नेपाललाई पार्टी अध्यक्ष वा प्रधानमन्त्री बनाएर पनि विपक्षी गठबन्धनबाट अलग गराउने अध्यक्ष केपी ओली र नेता नेपाल पक्षका नेताहरुबीच छलफल भइरहेका बेला उनले भने, 'माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो । तर माधव नेपाल धोका दिने मान्छे होइन ।'

images
प्रकाशित मिति :आषाढ १२, २०७८ शनिवार - २३:०३:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology