Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रधानमन्त्री ओलीको कारण राष्ट्रपतिको गरिमामा आँच आयो !

प्रधानमन्त्री ओलीको कारण राष्ट्रपतिको गरिमामा आँच आयो !

दैनिकी न्यूज

१७, आषाढ २०७८
प्रधानमन्त्री ओलीको कारण राष्ट्रपतिको गरिमामा आँच आयो !
images

काठमाडौं । राष्ट्रिय सभाका सदस्य राधेश्याम अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीका गतिविधिले राष्ट्रपतिको गरिमामा आँच आएको आरोप लगाएका छन् । राष्ट्रपति गणतन्त्रको प्रतिक भएको र त्यसको रक्षार्थ सम्पूर्ण नेपाली जनता उभिनुपर्नेमा प्रधानमन्त्री ओली मात्रै त्यसमा लागेको अधिकारीले बताए । 

राष्ट्रिय सभाको ८ औं अधिवेशनको पहिलो बैठकमा बिहीबार अधिकारीले प्रधानमन्त्री ओलीका कारण राष्ट्रपतिप्रति जनताको धारणा कस्तो छ भन्ने मनन गर्न सुझाव दिए । 'प्रधानमन्त्रीको कामकारबाही र नीतिका कारण गणतन्त्रको प्रतीक राष्ट्रपतिको गरिमा आम नेपाली नगारिकबीच बढेको छ कि घटेको छ ?,' उनको प्रश्न थियो, 'सम्माननीय राष्ट्रपतिको प्रतिरक्षा प्रधाानमन्त्रीले मात्रै गरेर पुग्ने हो ? गणतन्त्रमा विश्वास गर्ने सबैले राष्ट्रपति संस्थाको रक्षा कवच हुनु परेन ? आज स्थिति के छ सम्बन्धित सबैले मनमनै गुनुन् भन्ने विश्वास छ ।' प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई प्रतिनिधिसभाले आफूप्रति जिम्मेवार बनाउन खोज्दा विघटनको प्रहार खेप्नुपरेको अधिकारीको भनाइ थियो । प्रधानमन्त्री ओलीको सिफारिसमा ६ महिनाको अन्तरालमा दुई पटक प्रतिनिधिसभा विघटन भएको छ । पहिलोपटक २०७७ पुस ५ र दोस्रो पटक २०७८ जेठ ८ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । पहिलो विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै २०७७ फागुन ११ गते पुनःस्थापना गरेको थियो ।

images
प्रकाशित मिति :आषाढ १७, २०७८ बिहिवार - २२:५१:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology