Logo

आइतवार, श्रावण २४ गते २०८३

images

माओवादी केन्द्रको दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन

माओवादी केन्द्रको दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन

दैनिकी न्यूज

२३, आषाढ २०७८
माओवादी केन्द्रको दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ।

माओवादी छाडेर नेकपा (एमाले) मा गएका नेताहरूले आज आयोग पुगेर उक्त निवेदन दिएका हुन्।

उनीहरूले निवेदनमा माओवादीको दर्ता खारेजी गरिपाऊँ भनेका छन्।

‘संविधान र राजनीतिक दल सम्बन्धी ऐनअनुसार माओवादी केन्द्रको हैसियत गुमिसकेकोले दल दर्ता खारेजी गरिपाऊँ भनेर निवेदन पेश भएको छ,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने।

उनले निवेदनमाथि सचिवालयमा अध्ययन हुने र व्यहोरासहित आयोगमा पेश गरेर निर्णय हुने बताए। माओवादी छाडेर एमाले गएका रामबहादुर थापा बादलनिकट नेताहरूले माओवादी केन्द्रको दर्ता खारेज गर्न निवेदन दिएका छन्।

माओवादीले लामो समयदेखि महाधिवेशन नगरेकोले उक्त पार्टीको दर्ता खारेज गर्न उनीहरूको माग छ।

images
प्रकाशित मिति :आषाढ २३, २०७८ बुधवार - २१:४८:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology