Logo

आइतवार, श्रावण २४ गते २०८३

images

महाधिवेशनमा देउवा हराउन यसरी जुट्दैछन् काङ्ग्रेसका नेताहरू

महाधिवेशनमा देउवा हराउन यसरी जुट्दैछन् काङ्ग्रेसका नेताहरू

दैनिकी न्यूज

२५, आषाढ २०७८
महाधिवेशनमा देउवा हराउन यसरी जुट्दैछन् काङ्ग्रेसका नेताहरू
images

काठमाडौं । नेपाली काङ्ग्रेसमा सभापति शेरबहादुर देउवालाई आगामी महाधिवेशनमा हराउने गरी गठबन्धन बनाउने तयारी भएको छ । त्यसका लागि सभापतिको उम्मेदवार एउटै बनाउन देउवाबाहेक संस्थापनइतर खेमा लागेका छन् । कांग्रेस नेता अर्जुननरसिंह केसीको संयोजनमा शुक्रबार उम्मेदवारका आकांक्षीसहित संस्थापनइतर पक्षको बैठक बसेको थियो ।   

सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न एक जनाले मात्रै उम्मेदवार दिनुपर्नेमा आकांक्षीहरूबीच सहमति भए पनि कसले कसलाई छाड्ने भन्नेमा समझदारी हुन सकेको छैन । इतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरू प्रकाशशरण महत, कृष्णप्रसाद सिटौला र शेखर कोइराला आकांक्षी देखिएका छन् । नेता केसीले समझदारी जुटाउन प्रारम्भिक छलफल भएको बताए । ‘एक मात्रै उम्मेदवार हुनुपर्छ भन्नेमा आकांक्षीबीच सैद्धान्तिक समझदारी बने पनि कसले कसलाई छाड्ने, कुन मोडालिटी र आधारमा समझदारी गर्ने भन्नेबारेमा प्रारम्भिक छलफल मात्रै भएको छ,’ उनले भने, ‘जिल्ला सभापतिलगायत प्रतिनिधि साथीहरूको सल्लाहअनुसार हामी एउटै उम्मेदवार उठाउने प्रयत्न गर्छौं ।’ संस्थापन पक्षबाट सभापति देउवा, उपसभापति विमलेन्द्र निधि र संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले सभापतिमा दाबी गरेका छन् ।

images
प्रकाशित मिति :आषाढ २५, २०७८ शुक्रवार - २२:४६:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology