Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सवारी दुर्घटना परी ३ जनाको मृत्यु

सवारी दुर्घटना परी ३ जनाको मृत्यु

दैनिकी न्यूज

२८, आषाढ २०७८
सवारी दुर्घटना परी ३ जनाको मृत्यु
images

काठमाडौं । रुपन्देही, मोरङ र महोत्तरीमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यू भएको छ ।

रूपन्देही, तिनाउ गाउँपालिका–२ सिस्नेरीस्थित सडकमा लु २ त २५३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ७ मिटर तल खोल्सामा खसेर आइतबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ दोभान बस्ने ३८ वर्षीय दुर्गा बहादुर गाहाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सोही ट्याक्टरका सहचालकको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

मोरङ, सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँस्थित सडकमा को १ ख ७८२९ नम्बरको बसबाट ओर्लने क्रममा लडेर बसमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय दिपेन कटेलको आइतबार साँझ मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरी, गौशाला नगरपालिका–५ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार औरही नगरपालिका–४ कबिलासा बस्ने २३ वर्षीया निसा साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले उद्दार कार्य एवम् आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :आषाढ २८, २०७८ सोमवार - १२:४१:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology