Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

तास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

तास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

दैनिकी न्यूज

१, श्रावण २०७८
तास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
images

काठमाडौं । काठमाडौं र पर्साबाट तास खेलीरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–६ बौद्ध नागेश्वर गल्ली डेरा गरी बस्ने दोलखा घर भएको ५१ वर्षीय वाङचे शेर्पाको कोठामा तास खेलिरहेको अवस्थामा वाङचे लगायत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३१ हजार ८ सय रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका–१५ नेशनल मेडिकल कलेजस्थित निर्माणधिन भवनमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका(६ बस्ने ४२ वर्षीय श्यामबाबु सोनार लगायत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५८ हजार रुपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो ।

images
प्रकाशित मिति :श्रावण १, २०७८ शुक्रवार - १३:५७:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology