Logo

आइतवार, श्रावण २४ गते २०८३

images

तास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

तास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

दैनिकी न्यूज

१, श्रावण २०७८
तास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
images

काठमाडौं । काठमाडौं र पर्साबाट तास खेलीरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–६ बौद्ध नागेश्वर गल्ली डेरा गरी बस्ने दोलखा घर भएको ५१ वर्षीय वाङचे शेर्पाको कोठामा तास खेलिरहेको अवस्थामा वाङचे लगायत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३१ हजार ८ सय रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका–१५ नेशनल मेडिकल कलेजस्थित निर्माणधिन भवनमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका(६ बस्ने ४२ वर्षीय श्यामबाबु सोनार लगायत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५८ हजार रुपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो ।

images
प्रकाशित मिति :श्रावण १, २०७८ शुक्रवार - १३:५७:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology