काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको बैठक बोलाएको छ । माओवादी केन्द्रले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आइतबार बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूको बैठक बोलाएको हो ।
भोलि बिहानलाई बैठक बोलाएको जानकारी दिँदै प्रमुख सचेतक देव गुरुङले बैठकमा समसामयिक राजनीतिक अवस्था, संसदमा पार्टीले खेल्ने भूमिकाका बारेमा छलफल हुने बताए ।
बैठकमा पार्टीबाट देउवा सरकारमा मन्त्रीहरूको सहभागिताका विषयमा पनि छलफल हुने बताइएको छ ।
आइतबार अपराह्न ४ बजे सर्वोच्च अदालतद्वारा पुनर्स्थापित प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक पनि बस्दैछ ।