Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

दैनिकी न्यूज

२, श्रावण २०७८
माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको बैठक बोलाएको छ । माओवादी केन्द्रले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आइतबार बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूको बैठक बोलाएको हो ।

भोलि बिहानलाई बैठक बोलाएको जानकारी दिँदै प्रमुख सचेतक देव गुरुङले बैठकमा समसामयिक राजनीतिक अवस्था, संसदमा पार्टीले खेल्ने भूमिकाका बारेमा छलफल हुने बताए ।

बैठकमा पार्टीबाट देउवा सरकारमा मन्त्रीहरूको सहभागिताका विषयमा पनि छलफल हुने बताइएको छ ।

आइतबार अपराह्न ४ बजे सर्वोच्च अदालतद्वारा पुनर्स्थापित प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक पनि बस्दैछ ।

images
प्रकाशित मिति :श्रावण २, २०७८ शनिवार - १७:००:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology