Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पुनःस्थापित ​प्रतिनिधिसभाको बैठक आज बस्दै

पुनःस्थापित ​प्रतिनिधिसभाको बैठक आज बस्दै

दैनिकी न्यूज

३, श्रावण २०७८
पुनःस्थापित ​प्रतिनिधिसभाको बैठक आज बस्दै
images

काठमाडौँ । पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दै छ। बानेश्वरस्थित संघीय संसद् भवनमा आज अपराह्न बैठक बस्ने भएको हो।

शेरबहादुर देउवाको नेतृत्वमा नवगठित सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी हुन्।

आज बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले केही विधेयकहरू पेश गर्ने तयारी गरेको छ।

यस अघि शनिबार बसेको मन्त्रिपरिषद् बैठकले निवर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ल्याएका विधेयकहरू प्रतिनिधिसभामा पेश गर्दै प्रक्रियामा लैजाने निर्णय गरेको थियो। यस्तै अन्य नियमित कार्यसूची र शोक प्रस्तावहरु रहेका छन् ।

images
प्रकाशित मिति :श्रावण ३, २०७८ आइतवार - ०८:३३:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology