Logo

सोमवार, श्रावण २५ गते २०८३

images

देउवाले पाए विश्वासको मत

देउवाले पाए विश्वासको मत

दैनिकी न्यूज

३, श्रावण २०७८
देउवाले पाए विश्वासको मत
images

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

देउवाले प्रधानमन्त्री नियुक्त भएको ४ दिनमा प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन्। देउवाले १६५ मत प्राप्त गरेका छन्। संसदमा उपस्थित २४९ मध्ये विपक्षमा ८३ र मत १ मत खसेको छ।

कांग्रेस सभापति देउवा पाँचौं पटक प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उनलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन्। ‍

सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेको थियो। साथै सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गरी एक साताभित्र संसद् अधिवेशन बोलाउन आदेश दिएको थियो।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीका लागि आह्वान भएपछि १ सय ४९ सांसदको हस्ताक्षरसहित दाबी गरेका आधारमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेको थियो।

आजको बैठकमा जम्मा २७० मध्ये २४९ सांसद उपस्थित थिए।  प्रधानमन्त्री देउवालाई कांग्रेस, माओवादी केन्द्र, जसपा, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जनमोर्चाका सांसदहरुले मत दिएका हुन् । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका केही सांसदले समेत देउवालाई मत दिएका छन् ।

images
प्रकाशित मिति :श्रावण ३, २०७८ आइतवार - २२:२६:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology