काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले साउन ६ गतेका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले साउन ६ गते बुधबार बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक बिदा देशभर लागू हुने जानकारी दिए ।
केही दिन अगाडि नेपाल मुस्लिम संघले बकर इदमा बिदा दिन गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएका थिए।