Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर सार्वजनिक बिदा

आज देशभर सार्वजनिक बिदा

दैनिकी न्यूज

६, श्रावण २०७८
आज देशभर सार्वजनिक बिदा
images

काठमाडौं । सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा आज (साउन ६ गते बुधबार) मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

मन्त्रिपरिषद्को यही साउन ४ गतेको निर्णयानुसार बिदा दिइएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

images
प्रकाशित मिति :श्रावण ६, २०७८ बुधवार - ०७:११:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology