Logo

सोमवार, श्रावण २५ गते २०८३

images

देउवालाई असफल बनाउने ओलीको योजना यसरी तुहिएको थियो

देउवालाई असफल बनाउने ओलीको योजना यसरी तुहिएको थियो

दैनिकी न्यूज

६, श्रावण २०७८
देउवालाई असफल बनाउने ओलीको योजना यसरी तुहिएको थियो
images

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिएर सर्वोच्च अदालतलाई संदेश दिने नेकपा एमाले अध्यक्ष एवं केपी शर्मा ओलीको योजना संसदको ग्यालरी बैठकमा तुहिएको थियो । ३ साउन विहान अध्यक्ष ओली र जसपा नेता महन्थ ठाकुर तथा राजेन्द्र महतोले विश्वासको मत असफल पार्ने योजना बनाएका थिए । तर त्यो योजना एमाले बरिष्ठ नेता माधवकुमार नेपालले तुहाइदिएका छन् ।

सर्वोच्च अदालतको आदेशअनुसार ३ साउनमा विघटित प्रतिनिधि सभाको बैठक बस्दै थियो । बैठक बस्नु भन्दा एक दिनअघि बानेश्वरमा पाँच दलिय गठबन्धनका शीर्ष नेताबीच गोप्य छलफल भयो । छलफलले पहिलो दिन नै विश्वासको मत लिने निर्णय गर्यो ।

पहिलो दिन नै विश्वासको मत लिने पाँच दलका शीर्ष नेताको गोप्य सुचना एमाले अध्यक्ष ओली ३ गते विहान पाए । लगतै जसपा नेता ठाकुर र महतोलाई बालकोटमा निम्तो दिए । ओलीको निम्तो पाएपछि ठाकुर र महतोसहितका जसपा नेताहरु बालकोट पुगे ।

प्रचण्डलाई नेपालको सन्देश

वालकोटमा ओली, ठाकुर र महतोसहितका नेताहरुले योजना बनाइरहेका बेला नेपाली कांग्रेसले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गरिसकेको थियो । प्रस्ताव दर्ता भएपछि देउवाले आजै विश्वासको मत लिनेमा ओली ठाकुर ढुक्क भए । त्यसपछि बालकोटमा योजना बन्यो महन्थ राजेन्द्र पक्षले विश्वासको मत दिने घोषणा गर्ने तर नदिने ।

महन्थ ठाकुर पक्षले विश्वासको मत दिए देउवालाई प्रधानमन्त्री बन्न एमालेको मत आवश्यक थिएन । नेपाल पक्षलाई यही बहानामा रोक्ने र संसदबाट बाहिर पठाउने योजना थियो । नेपाल पक्षधर सांसदहरुले संसद पनि बचाउने र एमाले एकता पनि जोगाउने बताउँदै आएका थिए । ठाकुर पक्षले देउवालाई विश्वासको मत दिने घोषणा गरेलगतै वरिष्ठ नेता नेपालमाथी उनकै समुहले दवाव बढायो । तर बालकोट योजनाको सुचना नेता नेपालले जानकारी पाइसकेका थिए । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई उनले सन्देश पठाइसकेका थिए । उनले आफ्नो समुहका कुनैपनि नेता र सांसदलाई यो कुराको जानकारी दिएनन् ।

भीम रावल र नेपालको ठाकठुक

ठाकुर पक्षले विश्वासको मत दिने भएपछि नेपाललाई रोक्न दुवै पक्षका नेताहरु सक्रिय भए । सवैभन्दा नजिकका विश्वास पात्र भीम रावलसँग नेपालको ठाकठुक नै पर्यो । त्यही आवेगमा रावलले सांसद पदबाट राजीनामा समेत दिए ।

उता बालकोटबाट फर्केपछि महन्थ राजेन्द्र जसपाको बैठक बस्यो । बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गर्यो । तर आफ्ना सवै सांसदलाई एमालेको माधव नेपाल समुहले देउवालाई मत नदिँदासम्म आआफ्नै स्थानमा बस्ने, नेपाल समुहले नदिए तटस्थ बस्ने र विश्वासको मत तुहाउने भनियो । नेपाल समुहले दिए आफुहरुले पनि दिने निर्देशन सांसदहरुलाई दिइयो । त्यही निर्देशनअनुसार जसपा सांसदहरु अन्तिम समयसम्म आआफ्नै स्थानमा बसिरहेका थिए । जसपाका सांसदतिर प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेरिरहेका थिए ।

महन्थ कार्ड खेलेर ओलीले नेपाल पक्षका ८ सांसदलाई संसदबाट बाहिर पनि पठाए । तर ओलीका चाल बुझेका नेपाल संसदको पछिल्लो रोहमा बसेर अदालतको सम्मान र संसद जोगाए । नेता नेपाल नै विश्वासको मत दिने स्थलमा पुगेपछि ओलीको योजना तुहियो । नेता नेपालसहितका २२ सांसदले विश्वासको मत दिएपछि ठाकुर पक्ष पनि विश्वासको मत दिन लाइन लागेको थियो । राजधानी दैनिकबाट

images
प्रकाशित मिति :श्रावण ६, २०७८ बुधवार - ०७:५६:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology