काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आज स्थायी कमिटीको बैठक बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने माओवादी केन्द्रले जनाएको छ ।
बैठकमा पछिल्लो समसामयिक राजनितिक घटनाक्रम, पार्टी संगठनलगायत विषयमा छलफल हुने बताइएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर सरकार सन्चालनका लागि साझा कार्यक्रम बनाएर जाने विषयमा छलफल गरेका थिए।
प्रधानमन्त्री देउवासँग भएको छलफल र छलफलका क्रममा भएका प्रगतिका विषयमा पनि बैठकमा अध्यक्ष प्रचण्डले जानकारी गराउनेछन्।
सरकारको प्रभावकारी सञ्चालन तथा गठबन्धन दलहरूका सरकारमा सहभागिताका विषयमा पनि देउवा र प्रचण्डबीच छलफल भएको थियो।
शेरबहादुर देउवा नेतृत्वको सरकारका हाल माओवादी केन्द्रका दुई जना मात्र मन्त्री छन् । सरकारमा पम्फा भुसाल ऊर्जा मन्त्री र जनार्दन शर्मा अर्थमन्त्री छन् । अन्य को–को सरकारमा जाने भन्नेबारे टुंगो लागिसकेको छैन ।