काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता मनीष सुमनले संस्थापन पक्षको आधिकारिकताका लागि सनाखत गरेको बताएका छन्।
‘पार्टीलाई जोगाउन मूलधारको पक्षमा म उभिएको छु,’ सुमनले भने, ‘आजको दिन हामीलाई पीडादायी छ। पार्टीलाई जोगाउन यहाँ उभिएको छु।’ महन्थ ठाकुर पक्षको बैठकमा आफूले पार्टीलाई जोगाउन एक ठाउँमा उभिन आग्रह गरेको, तर त्यो मान्ने अवस्था नआएपछि मूलधारको पक्षमा उभिएको उनको भनाइ छ।
जसपाको आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले आज सनाखत गरिरहेको छ। सुमन महन्थ पक्षमा प्रभावशाली नेता थिए।
केन्द्रीय कार्यकारिणी सदस्यका ५१ जनालाई निर्वाचन आयोगले उपस्थित भएर सनाखत गर्न भनेको थियो ।