Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

दैनिकी न्यूज

११, श्रावण २०७८
सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु
images

काठमाडौं । रुपन्देही र कास्कीमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

रूपन्देही, तिलोत्तमा नगरपालिका–७ भलवारीस्थित सडकमा लु ४८ प ३०९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका(१६ बस्ने २२ वर्षीय मोहन पराजुलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार उनकै श्रीमती २१ वर्षीया अनु पराजुलीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कास्की, माछापुछ्रे गाउँपालिका–६ धिताल तल्लाफेदीस्थित सडकमा लु २ च २७२५ नम्बरको बोलेरो जिप र ग १२ प ५९८६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक पोखरा रामकृष्ण टोल बस्ने ४५ वर्षीय अर्जुन कुमार श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, पोखरा महानगरपालिका–१७ बरालफिडस्थित सडकमा ग १९ प ७५०९ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री पोखरा बिरौटा बस्ने स्याङजा फेदिखोला गाउँपालिका–४ घर भएका ५० वर्षीय खेम बहादुर गुरुङको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात घर गएकोमा अचानक टाउको दुख्यो भन्दै बेहोस भएपश्चात उपचारका लागि गण्डकी मेडिकल कलेज पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :श्रावण ११, २०७८ सोमवार - १२:५८:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology