Logo

आइतवार, श्रावण २४ गते २०८३

images

लुम्बिनी प्रदेश प्रमुखमा शेरचन र गण्डकीमा गुरुङ नियुक्त

लुम्बिनी प्रदेश प्रमुखमा शेरचन र गण्डकीमा गुरुङ नियुक्त

दैनिकी न्यूज

१२, श्रावण २०७८
लुम्बिनी प्रदेश प्रमुखमा शेरचन र गण्डकीमा गुरुङ नियुक्त
images

काठमाडौं । सरकारले दुईवटा प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्विनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई सिफारिस गरेको हो।

लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त भएका शेरचन माओवादी केन्द्र र गण्डकी प्रदेश प्रमुख गुरुङ कांग्रेसको कोटामा नियुक्त भएका हुन् ।

यसअघि गण्डकी प्रदेश प्रमुख रहेका शेरचनलाई केपी ओली नेतृत्वको सरकारले गण्डकी प्रदेश प्रमुखबाट बर्खास्त गरेको थियो ।

प्रदेश प्रमुखको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ।

images
प्रकाशित मिति :श्रावण १२, २०७८ मंगलवार - १७:५५:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology