Logo

आइतवार, श्रावण २४ गते २०८३

images

११ जुवाडे प्रहरीको फन्दामा

११ जुवाडे प्रहरीको फन्दामा

दैनिकी न्यूज

१३, श्रावण २०७८
११ जुवाडे प्रहरीको फन्दामा
images

काभ्रे । प्रहरीले जुवातास खेल्दै गरेको खालबाट ११ जनालाई पक्राउ गरी उनिहरुको साथबाट ७ लाख १५ हजार ३५ रुपैया बरामद गरेको छ । बनेपा १४ खालचौर स्थित थोप्चेन तामाङको घरमा जुवातास खेलिरहेको उक्त समुहलाई साउन १२ गते मंगलबार साँझ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा बनेपा नगरपालिका वडा नम्वर १० का २८ बर्षिय कृष्ष्ण केसी, रोशी गाउँपालिका ३ शिखरआम्बोटेका ३५ बर्षिय पाराङ लामा भन्ने खड्ग सिं लामा, बनेपा ११ पाकुटोल बस्ने ४४ बर्षिय सुमन अधिकारी, बनेपा १४ साँगा बस्ने ४० बर्षिय गणेश थापा, बनेपा ७ घर भई धनेश्वर बस्ने ४२ बर्षिय अनिल मुस्याजु, रोशी गाउँपालिका ३ को शिखर आम्बोटे बस्ने ३४ बर्षिय हिरा लामा, रोसी गाउँपालिका वडा नम्वर १ घर भई बनेपा ७ बस्ने ३७ बर्षिय चन्द्र लामा स्याङताङ, रोसी ३ घर भई बनेपा बस्ने ३५ बर्षिय थर्कमान लामा, बनेपा ६ बस्ने २६ बर्षिय किशोर अधिकारी, धुलिखेल १० सारदाबतासे बस्ने ३४ बर्षिय छिरिङ लामा र भक्तपुर सुर्यबिनायक नगरपालिका वडा ९ बस्ने ३४ बर्षिय दिपक बस्नेत रहेका छन् ।

प्रहरीले उनीहरुको साथमा रहेको नगद ७ लाख १५ हजार ३५ रुपैयाका साथै जुवा तास खेल्न प्रयोग भएको ११ बुक तास र नखोलेको तीन बुक तास बरामद गरिएको छ ।

बनेपा नगरपालिका वडा नमवर १४ को खालचौर स्थित थोप्चेन तामाङको घरमा अबैध रुपमा बाजि थापी पैसा हारजित हुने गरि जुवा तास खेली खेलाई रहेका छन् भन्ने बिशेष सुचनाको आधारमा कार्यालय समेतबाट प्रहरी अधिकृत सहितको टोली उक्त स्थानमा पुगी घरको अण्डर ग्राउण्डको कोठामा तास खेलिरहेका ब्यक्तिहरुलाई पक्राउ गरेको डिएसपी हरि खतिवडाले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई मुलुकी फौजदारी संहिता,२०७४ को दफा १२५ को उपदफा १ बमोजिमको कसुरमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट ८ दिनको म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको डिएस्पी खतिवडाले बताए ।

images
प्रकाशित मिति :श्रावण १३, २०७८ बुधवार - १९:१९:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology