काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान सम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको सरकारको प्रवक्ता तथा कानुन न्याय तथा संसदीय मामिला ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उक्त आयोग केपी शर्मा ओली नेतृत्वको सरकारले एकवर्ष अघि गठन गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएपछी मन्त्रिपरिषद् बैठकले आयोगको देशभरिकै संरचनाको खारेज गरेको हो । ओली सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बाँड्न भन्दै देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको थियो ।