Logo

आइतवार, श्रावण २४ गते २०८३

images

एमाले एकता होला ? माधव नेपालले डाकेको बैठकमा यसो गरे खुलासा

एमाले एकता होला ? माधव नेपालले डाकेको बैठकमा यसो गरे खुलासा

दैनिकी न्यूज

२१, श्रावण २०७८
एमाले एकता होला ? माधव नेपालले डाकेको बैठकमा यसो गरे खुलासा
images

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने बताएका छन् । बिहीबार आफू पक्षीय केन्द्रीय समिति बैठकमा बोल्दै नेता नेपालले पार्टी एकताका लागि आफूहरु तयार रहेको तर सम्मानजनक एकता हुनुपर्ने बताएका हुन् । 

 नेता नेपालको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य यज्ञराज सुनुवारले भने, 'केपी ओलीको ज्यादतीपूर्ण, निरंकुश कदमले अहिलेको अवस्था आएको हो । एकताको लागि तयार छौं तर सम्मानजनक एकता हुनुपर्छ ।' बैठकको अध्यक्षता गर्दै नेता नेपालले आफुले एमाले पार्टी बनाएको पनि बताएका थिए । एजेन्डामा आफूहरुले केपी ओलीलाई जितेको उनको भनाइ थियो । केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले ओलीसँग लत्रिएर जान आवश्यक नभएको धारण राखे । उनले पनि समान हैसियत भए मात्र एकताबद्ध हुनुपर्ने सुझाव दिएको बताए । बैठकमा केन्द्रीय सदस्यहरुले एकताका लागि हतार गर्न नहुने, ओलीसँग झुक्न नहुने सुझाव दिए । ओलीलाई विगतमा गल्ती गरेको महसुस भएको र उनलाई एकता चाहिए आफुहरुले राखेको एजेन्डामा आउनुपर्ने प्रस्ताव गरेका छन् । शुक्रबारसम्म चल्ने बैठकमा सहभागीहरुलाई ३/३ मिनेट बोल्नका लागि समय छुट्याइएको छ । बिहीबारको बैठकमा ७३ जना उपस्तिथत भएर हस्ताक्षर गरेका छन् । २०७५ जेठ २ अघिको अवस्थामानेता नेपालको पक्षमा ९१ केन्द्रिय सदस्य छन् । आजको बैठकमा योगेश भट्टराई र सुरेन्द्र पाण्डे उपस्थित भएनन् ।

images
प्रकाशित मिति :श्रावण २१, २०७८ बिहिवार - २३:०४:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology