काठमाडौं । तेह्रथुम जिल्लाको मेन्छयायेम गाउँपालिकाले गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी निम्सिना गौतमका ससुराको निधनमा सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाले तिम्सिनाका ससुरा कृष्णप्रसाद गौतमको निधनमा आज सार्वजनिक बिदा दिएको हो।
गाउँपालिकाले सूचना जारी गर्दै सबै वडा र स्कुलमा बिदा दिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष दर्जीले एक दिनको लागि सार्वजनिक बिदा दिएको जानकारी दिए।