Logo

सोमवार, श्रावण २५ गते २०८३

images

वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्यो

वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्यो

दैनिकी न्यूज

२४, श्रावण २०७८
वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्यो
images

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७७–७८ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्ने क्रमले निरन्तरता पाएको छ । गत आवमा वैदेशिक रोजगारमा जाने कामदारको संख्या ५५ प्रतिशतले घटेको छ ।

अघिल्लो आव २०७६–०७७ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या २८ प्रतिशतले घटेको थियो । यो क्रमले गत आवमा पनि निरन्तरता पाएको छ ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको गत आवको वार्षिक प्रतिवेदनअनुसार गत आवमा १ लाख ६६ हजार ६९८ जना नेपाली कामदार मात्र वैदेशिक रोजगारीमा गएका छन् ।

अघिल्लो आव २०७६–७७ मो भने ३ लाख ६८ हजार ४३३ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका थिए । आव २०७५र७६ मा पनि त्योभन्दा बढी अर्थात् ५ लाख ८ हजार ८२८ जना नेपाली वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकले देखाएको छ ।

श्रम स्वीकृतिको नवीकरण गरेर र नयाँ श्रम स्वीकृति लिएर गत आवमा त्यो बराबर कामदार वैदेशिक रोजगारीमा गएका हुन् । गत आवमा ७२ हजार ८१ जना नयाँ कामदार (नयाँ श्रमस्वीकृत लिएका) वैदेशिक रोजागरीमा गएका छन् । अघिल्लो आवमा भने १ लाख ९० हजार ४५३ जना नयाँ कामदार वैदेशिक रोजगारीमा गएका थिए ।

गत आवमा नेपालीहरू वैदेशिक रोजगारीको लागि ११६ देशमा गएको देखिन्छ । यूएई, जापान, रोमोनिया, मलेशिया, कतार, साउदी, बहराइन, दक्षिण कोरिया, साइप्रसलगायत मुलुकमा नेपाली कामदार गएका छन् ।

सबैभन्दा बढी कामदार कतारमा गएका छन् । गत आवमा कतारमा कुल ५४ हजार ९१५ जना कामदार गएका छन् । दोस्रो स्थानमा रहेको साउदी अरबमा भने ४६ हजार ९६० जना कामदार गएका छन् । यसैगरी यूएईमा ४० हजार ४७७ कामदार गएको विभागको तथ्यांकले देखाएको छ ।

सामान्य अवस्थामा नेपालबाट वार्षिक ४र५ लाख कामदार वैदेशिक रोजगारीमा जाने गर्छन् । तर, पछिल्लो दुई आवमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ≈वात्तै घटेको छ, यसको मुख्य कारण कोरोना महामारी रहेको विभागले बताएको छ ।

यो खबर आजको आर्थिक अभियानमा छापिएको छ ।

images
प्रकाशित मिति :श्रावण २४, २०७८ आइतवार - ०५:३५:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology