काठमाडौं । भक्तपुर, सूर्यबिनायक नगरपालिका–८ आदर्श चोकमा प्रदेश ३–०२–०१० प ४८४६ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरुषको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको डा. ईवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा मृत्यु भएको हो । फरार स्कुटर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सप्तरी, शम्भुनाथ नगरपालिका–६ कठौनामा ना ४ ख २४४१ नम्बरको ट्याङकरको ठक्करबाट बारा आदर्श कोतवाल गाउँपालिका(३ बस्ने ६५ वर्षीया मलादेवी गिरीको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको युनिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सुनसरी चतराबाट दर्शन गरी फर्कदै गरेको ना ४ ख २८०० नम्बरको बसबाट झरेर खाजा खानका लागि जाने क्रममा उक्त ट्याङकरले उनलाई ठक्कर दिएको थियो । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका–४ चिरौली चोकमा को ८ प ४११५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय हेमन्त उराउको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।