Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मकवानपुरको सिमखोलामा सुमो दुर्घटना हुँदा चालकको मृत्यु , पाँच घाइते

मकवानपुरको सिमखोलामा सुमो दुर्घटना हुँदा चालकको मृत्यु , पाँच घाइते

दैनिकी न्यूज

२४, श्रावण २०७८
मकवानपुरको सिमखोलामा सुमो दुर्घटना हुँदा चालकको मृत्यु , पाँच घाइते
images

मकवानपुर । काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको ना१ज २११४ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । मृत्यु हुनेमा सुमो चालक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते हुनेमा भारत विहारका १४ वर्षीय रोनक कुमार, १७ वर्षीय शङ्कर कुमार, २० वर्षीय विशाल कुमार र १८ वर्षीय शिवशक्ति कुमार छन् । घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको र ती मध्ये शिवशक्तिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण २४, २०७८ आइतवार - १४:२९:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology