काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवा प्रति संकेत गर्दै पौडेलले असफल व्यक्तिहरु नै बारम्बार सत्ता सम्हाल्न पुग्ने बताएका छन् । सोमबार सामाजिक सञ्जालमा पौडेलले लेखेका छन् ‘यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता समाल्न पुग्छन् ।’
पौडेलले वर्तमान नेतृत्वले कांग्रेस पार्टीलाई निर्वाचन आयोगसँग भिख माग्ने अवस्थामा पुर्याएको आरोप लगाएका छन् । पौडेलले पार्टीलाई निरिह अवस्थामा पुर्याउने नेतृत्वको चरम असफलता र लापरबाही यो भन्दा के हुन्छ भन्दै प्रश्न गरेका छन् ।
उनले लेखेका छन् ‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ । यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरु के हुन्छ ?
आज बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले चार वर्षमा गरिसक्नुपर्ने महाधिवेशन थपिएको साढे एक वर्ष बितिसक्दा पनि हुन नसकेको भन्दै नेतृत्वको चरम लापरबाही र असफलता भएको बताएका हुन् । पार्टी नेतृत्वले नै नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याएको उनको टिप्पणी छ ।