काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ। आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ।
आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएका बेधेयक नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल टेबुल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।