Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने

आज राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने

दैनिकी न्यूज

२९, श्रावण २०७८
आज राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने
images

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७८–०७९ को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको हो ।

आज सञ्चालक समितिमा मौद्रिक नीति पेस गर्ने र त्यसपछि सार्वजनिक गर्ने तयारी रहेको राष्ट्र बैंकले जनाएको छ ।

कोरोनाका कारण प्रभावित भएका ऋणीलाई विशेष सुविधासहित मौद्रिक नीति आउने अनुमान छ । कोभिडको महामारीले शिथिल अर्थतन्त्रलाई गएको वर्षको मौद्रिक नीतिले ठूलो राहत दिएको थियो ।

यो वर्ष पनि मौद्रिक सहुलियत र सुविधा अपेक्षा गरिएको छ ।

images
प्रकाशित मिति :श्रावण २९, २०७८ शुक्रवार - १०:४९:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology