Logo

आइतवार, श्रावण २४ गते २०८३

images

धादिङमा सडक दुर्घटनाः एकजनाको मृत्यु, १२ घाइते

धादिङमा सडक दुर्घटनाः एकजनाको मृत्यु, १२ घाइते

दैनिकी न्यूज

३२, श्रावण २०७८
धादिङमा सडक दुर्घटनाः एकजनाको मृत्यु, १२ घाइते
images

काठमाडौं । पृथ्वी राजमार्गमा पर्ने धादिङको बैरेनीमा गएराति बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्।

गएराति करिब २ बजे बा ३ ख ४०१४ नम्बरको बस र नम्बर नखुलेको भारतीय ट्रक आपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

दुर्घटनामा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ की २७ वर्षीया रेनुका कुलुङको मृत्यु भएको हो।

दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते ९ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

images
प्रकाशित मिति :श्रावण ३२, २०७८ सोमवार - १०:५४:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology