Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ठाकुर समूहले नयाँ दल दर्ता गर्दै

ठाकुर समूहले नयाँ दल दर्ता गर्दै

दैनिकी न्यूज

२, भाद्र २०७८
ठाकुर समूहले नयाँ दल दर्ता गर्दै
images

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) मा असन्तुष्ट रहेको महन्थ ठाकुर समूहले नयाँ पार्टी गठन गर्ने भएको छ । ठाकुर पक्षको बुधबारको बैठकले पार्टीको नाम टुंगो लगाएको हो ।

ठाकुर पक्षले पार्टीको नाम जनता समाजवादी नेपाल (लोकतान्त्रिक) नाम राख्ने भएको हो। पार्टीको चुनाव चिन्ह साइकल राख्ने बताइएको छ। जसपा नेता अनिलकुमार झाले निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी रहेको जानकारी दिए।

सरकारले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा २० प्रतिशत भए पुग्‍ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो। संसदीय दल र केन्द्रीय कमिटी दुबैमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने प्रावधान रहेकोमा त्यसलाई संशोधन गर्न अध्यादेश ल्याउन लागिएको हो।

 

images
प्रकाशित मिति :भाद्र २, २०७८ बुधवार - १३:५९:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology