Logo

आइतवार, श्रावण २४ गते २०८३

images

खाना पकाउने ग्याससहित सबै पेट्रोलियम पदार्थको भाउ बढ्यो

खाना पकाउने ग्याससहित सबै पेट्रोलियम पदार्थको भाउ बढ्यो

दैनिकी न्यूज

७, भाद्र २०७८
खाना पकाउने ग्याससहित सबै पेट्रोलियम पदार्थको भाउ बढ्यो
images

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदाथमा भाउ बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल, मट्टीतेल, आन्तरिक र अन्तराष्ट्रिय तर्फको हवाई इन्धन र खाना पकाउने ग्यासको भाउ बढाएको हो ।

निगमले विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ११३ रुपैयाँ तथा आन्तरिक तर्फको हवाई इन्धनको प्रति लिटर मूल्य ८६ कायम गरिएको छ । त्यस्तै अन्तराष्ट्रिय उडानतर्फ प्रति किलो लिटर १६ डलरले वृद्धि गरि ७७० प्रति किलोलिटर तथा खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ वृद्धि गरि प्रति सिलिण्डर १४५० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र ७, २०७८ सोमवार - २१:१८:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology