Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

आज दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

दैनिकी न्यूज

१०, भाद्र २०७८
आज दोहोरो अंकले बढ्यो नेप्से परिसूचक
images

काठमाडौं । साताको अन्तिम दिन (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । मंगलबार र बुधबार लगातार उच्च अंकले घटेको नेप्से परिसूचक १७ दशमलव ६० अंकले बढेर ३ हजार ९४ दशमलव ०५ अंकमा झरेको छ । कारोबार रकम पनि बुधबारको तुलनामा केही सुधार देखिएको छ । बुधबार १३ अर्ब पनि नपुगेकोमा बिहीबार १३ अर्ब ४२ करोड रुपैयाँ बढेको छ ।

शेयर बजारमा हरीयाली छाँउदा आज २ सय ३२ कम्पनीको शेयर कारोबार हुँदा १३ अर्ब ४२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज नेप्सेमा हाइड्रोपावर उपसूचक सर्वाधिक ४.८३ प्रतिशत र विकास बैंक उपसूचक ४.२२ प्रतिशत तथा वित्त कम्पनी उपसूचक ३.८२ प्रतिशतले बढेको छ । यस्तै, लघुवित्त उपसूचक ०.८४ प्रतिशतले वृद्धि हुँदा होटेल तथा पर्यटन उपसूचक पनि ०.३३ प्रतिशतले बढेको छ । यता, जीवन बिमा उपसूचक ०.८७ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.३७ प्रतिशतले गिरावट भएको छ ।

आज १० कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज म्युचुअल फन्डका इकाईधनीहरुले सर्वाधिक गुमाएका छन् ।

अरुण भ्याली हाईड्रपावरको आज सर्वाधक कारोबार भएको छ । कम्पनीको आज ९३ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

अरुण काबेली, रिदि हाईड्रोपावर, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंैक, आइसीएफसी फाइनान्स, रिलायन्स फाइनान्स, नेशनल हाईड्रोपावर, अपी पावर र नबिल बैंकको सर्वाधिक कारोबार भएको छ। धितो

images
प्रकाशित मिति :भाद्र १०, २०७८ बिहिवार - १५:४२:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology