Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः शुरु

सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः शुरु

दैनिकी न्यूज

१४, भाद्र २०७८
सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः शुरु
images

काठमाडौं । चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनःसुरु हुने भएको छ । लिखित र प्रयोगात्मक परीक्षा ९ट्रायल० दुवै भदौ तेस्रो सातादेखि सुरु हुने भएको हो ।

यातायात व्यवस्था विभागले मातहतका कार्यालयहरुलाई भदौ १० गते नै परिपत्र गरी तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरेर सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । विभागका निर्देशक डा।लोकनाथ भेसालले भने, “सता दिनको समय राखेर सूचना प्रकाशन गरी परीक्षा सञ्चालन गर्न निर्देशन भएको छ । सोही अनुसार कार्यालयहरुले आन्तरिक तयारी पूरा गरी परीक्षा सञ्चालन गर्नेछन् ।”

यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको ललितपुर सवारी चालक अनुमतिपत्र कार्यालयले २० भदौदेखि सञ्चालन गर्ने गरी आइतबार सूचना प्रकाशित गरेको छ । आजको कारोबार दैनिकबाट

images
प्रकाशित मिति :भाद्र १४, २०७८ सोमवार - ०७:२८:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology