कठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गते दिउँसो ४ बजेका लागि संघीय संसदका दुबै सदनको बैठक आह्वान गर्नुभएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेको सोही अनुसार सो अधिवेशन आव्हान गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८–५–१९ को सिफारिसमा सम्वत् २०७८ साल भदौ २३ गते बुधबारका दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसद्कोदुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।'