Logo

आइतवार, श्रावण २४ गते २०८३

images

एमसीसीका उपाध्यक्ष काठमाडौंमा

एमसीसीका उपाध्यक्ष काठमाडौंमा

दैनिकी न्यूज

२४, भाद्र २०७८
एमसीसीका उपाध्यक्ष काठमाडौंमा
images

काठमाडौं ।अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फतिमा सुमार नेपालको ४ दिने भ्रमणमा बिहीवार बिहान काठमाडौं आइपुगेकी छन् ।

कतारबाट काठमाडौं आएकी उपाध्यक्ष सुमारसँगै नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि रहेका छन् । नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले बताएको छ ।

नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र एमसिसीबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट) मा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भ्रमण भएको हो । यस भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ ।

यसअघि बुधबार मात्रै उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाल सरकारले सोधेका ११ प्रश्नका लिखित जवाफ पठाएकी थिइन्। 

images
प्रकाशित मिति :भाद्र २४, २०७८ बिहिवार - १०:५७:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology