Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

दैनिकी न्यूज

२५, भाद्र २०७८
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
images

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं. १५ गौरीटार बस्ने दिपक श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा थाहा नगरपालिका–६ बस्ने २१ वर्षीय डेनी भट्ट लगायत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३२ हजार ३ सय ९० रुपैयाँ, १५ थान कौडा, ६ बुक तास र जुवा खेल्न प्रयोग गर्ने पाउडर सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :भाद्र २५, २०७८ शुक्रवार - १२:१६:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology