Logo

सोमवार, श्रावण २५ गते २०८३

images

संसद् बैठक १५ मिनेटका लागि स्थगित

संसद् बैठक १५ मिनेटका लागि स्थगित

दैनिकी न्यूज

२७, भाद्र २०७८
संसद् बैठक १५ मिनेटका लागि स्थगित
images

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले निरन्तर अवरोध गरेपछि आजको संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले बेल घेराउ गरेका थिए। सभामुखको भूमिकालाई लिएर एमालेले २३ गतेबाट निरन्तर संसद् अवरोध गर्दै आइरहेको छ।

एमालेको अवरोधमा सहमति र संवादबाट विवाद समाधान गर्न आग्रह गरेका छन्। तर, एमाले सांसदहरुले सभामुखविरुद्ध निरन्तर नाराबाजी गरिरहेका छन्।

नाराबाजीमा एमाले संसदीय दलका नेता केपी ओली पनि सहभागी थिए। यसअघि दुई दिनको बैठकमा भएको नाराबाजीका बेला ओली आफ्नै स्थानमा बसेका थिए।  तर, आइतबार भइरहेको नाराबाजीमा ओली पनि रोस्ट्रम अगाडि उभिएर सहभागी भएका हुन्। 

यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिपक्षी दल एमाले सांसदहरूलाई संवादमा आउन आग्रह गरेका छन् । लगातार तीन दिन प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेर अवरोध सृजना गरेपछि समस्या समाधानका लागि सभामुख सापकोटाले संवादमा आउन आग्रह गरेका हुन् ।

आजको बैठकमा विभिन्न अध्यादेश पेस गर्ने कार्यसूची तय छ।

12.jfif

images
प्रकाशित मिति :भाद्र २७, २०७८ आइतवार - १४:०३:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology