काठमाडौँ । गृहमन्त्रालयले १२ जिल्लाका सीडीओको सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट १२ जनालाई जिल्लामा सरुवा गरिएको हो भने ४ जनालाई मन्त्रालयमा तानिएको छ ।
मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । उनी आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा थिए ।
यसैगरी सरुवा हुने अन्य प्रजिअहरुमा रुद्रा शर्मा भक्तपुर, पुण्यविक्रम पौडेल गुल्मी, सङ्करहरि आचार्य गोरखा, काशीराज दाहाल मोरङ, कोषहरि निरौला गृह मन्त्रालय, दीपककुमार पहाडी रामेछाप, नूरहरि खतिवडा सङ्खुवासभा, टेक नारायण पौडेल गृह मन्त्रालयमा सरुवा भएको छ।
यसैगरी टेकराज निरौला दोलखा, वासुदेव घिमिरे गृह मन्त्रालय, ढुण्डिप्रसाद निरौला गृह मन्त्रालय, आस्मान तामाङ चितवन, कृष्ण प्रसाद लम्साल धादिङ, वीरेन्द्र यादव उदयपुर र ऋषिराम तिवारी रुपन्देही सरुवा गरेको ती स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।

