Logo

आइतवार, श्रावण २४ गते २०८३

images

राष्ट्र बैंकले ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै

राष्ट्र बैंकले ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै

दैनिकी न्यूज

४, आश्विन २०७८
राष्ट्र बैंकले ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै
images

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियाबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।   

केन्द्रीय बैंकले बिक्री गर्न लागेको ट्रेजरी बिल नवीकरण प्रयोजनका लागि हो । बैंकले पाँच अर्ब ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल ९१ दिनका लागि रहेको छ । उक्त बिल आगामी पुस ६ गते परिपक्व हुनेछ । यस्तै चार अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल १८२ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी चेत ८ गते परिपक्व हुनेछ ।     

केन्द्रीय बैंकले दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल ३६४ दिनका लागि बिक्री गर्न लागेको छ । सो बिल विसं २०७९ असोज ४ गते परिपक्व हुनेछ । केन्द्रीय बैंकले यसअघि भदौ २८ गते ट्रेजरी बिल बिक्री गरेको थियो ।   

 

images
प्रकाशित मिति :आश्विन ४, २०७८ सोमवार - ०८:२७:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology