Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेप्से दोहोरो अंकले बढ्यो

नेप्से दोहोरो अंकले बढ्यो

दैनिकी न्यूज

५, आश्विन २०७८
नेप्से दोहोरो अंकले बढ्यो
images

काठमाडौं । लगातार ओरालो लागेको नेप्से आज (मंगलबार) सुधार देखिएको छ । सोमबार भारी अंकको गिरावट आएको नेप्से परिसूचकमा आज १३.८३ अंकको बृद्धि भई २७१२.०७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २२३ कम्पनीको १ करोड ५३ लाख ६ हजार ६१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५१ रुपैयाँको कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने ४ उपसमूहको सूचक नकारात्मक देखिएका छन्। जसमा लगानी उपसमूह र जीवन बीमा उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ।

आज नेप्सेमा सुधार आउँदा सर्वाधिक कारोबार गर्ने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको आज २५ करोड ४४ लाख १५ हजार २३३ रुपैयाँको कारोबार भएको हो ।

साथै मनकामना स्मार्ट लघुवित्तको अघिल्लो कारोबार दिनको तुलनामा ९.९९ प्रतिशत अंकले सर्किट लागेको हो । 

images
प्रकाशित मिति :आश्विन ५, २०७८ मंगलवार - १७:४१:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology