Logo

आइतवार, श्रावण २४ गते २०८३

images

३ नेतापुत्रको भेट, को होला साझा सभापति उम्मेदवार

३ नेतापुत्रको भेट, को होला साझा सभापति उम्मेदवार

दैनिकी न्यूज

८, आश्विन २०७८
३ नेतापुत्रको भेट, को होला साझा सभापति उम्मेदवार
images

काठमाडौं । नेपाली कांग्रेसका तीन नेताबीच फेरि सहमति जुटाउने प्रयास भएको छ । उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले शुक्रबार छलफल गरि आगामी महाधिवेशनमा सभापतिको साझा उम्मेदवारी दिने विषयमा छलफल गरेका हुन् । महाराजगन्त्रस्थित कोइराला निवासमा शुक्रबार साँझ महामन्त्री कोइराला, उपसभापति निधि र पूर्वमहामन्त्री सिंहका बीच भेटवार्ता भएको हो । यसअघि असार ७, ११ र १५ मा पनि तीन पुत्र नेताले लञ्च मिटिङ गरेका थिए । शुक्रबार पनि कोइरालाको आमन्त्रणमा निधि र सिंह उनकै निवासमा पुगेका हुन् । कोइराला, निधि र सिंहले सरकारलाई तत्काल पूर्णता दिएर जनतामा आशा जगाउने गरी सरकारका कामकारबाहीलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् । सभापति शेरबहादुर देउवाको समर्थनमा पार्टीको उपसभापति बनेका निधि अहिले देउवासँगै विद्रोह गरेर सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् । महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंह पनि सभापतिकै आकांक्षी हुन् । 

images
प्रकाशित मिति :आश्विन ८, २०७८ शुक्रवार - २१:२१:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology